राजा ज्ञानेन्द्र शाहद्वारा बझाङ भूकम्पबारे दुख व्यक्त, यथाशीघ्र उद्दार तथा राहत कार्यमा जुट्न सरकारलाई आग्रह

  • असोज १७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं- राजा ज्ञानेन्द्र शाहले मंगलबार बझाङमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर हिजाे अपरान्ह ३:६ मा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियाे । शाहले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा ठूलाे क्षति पुगेकाे र जनसाधारणमा त्रासदी बढेकाेमा गहिराे दु:ख व्यक्त गर्नु भएको राजा शाहको संवाद सचिवालयले जनाएको छ। साथै उहाँले भूकम्पपीडितको उपचार र राहतमा सरकारले शीघ्र कदम चाल्न सम्बन्धित सबैकाे ध्यान चाँडै पुगोस् भनी आग्रहसमेत गर्नुभएको छ ।

राजा शाहको संवाद सचिवालयले बुधबार यसबारे एक बिज्ञप्ति निकाल्दै जानकारी गराएको हो। बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।

सुदूरपश्चिममा भूकम्पका कारण ७६ घरमा पूर्ण क्षति भएको छ। प्रदेशका पहाडी जिल्लाका तीन सय एक घरमा आंशिक क्षति भएको छ। ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ भने एक कार्यालयमा पूर्ण क्षति भएको छ। बझाङमा सबैभन्दा बढी क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved