पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रन ओलीको आग्रह

  • असोज १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका हुन् ।

उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टिकाटिप्पणी गर्ने मौका दिन नहुने बताए । पार्टीभित्रको प्रतिस्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए ।

ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्याङ्कन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिन सक्ने तर्क गरे ।
ओलीले पार्टीको आन्तरिक चुनाव जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निराश हुने अवस्था आउन दिन नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved