इजरायलमा भएको घटनाप्रती राप्रपाको दुख व्यक्त

  • असोज २२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुः ख व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति प्रकाशित गरी ‘कमाउँदै सिक्दै’कार्यक्रमअन्तर्गत इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर निधन भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताएको हो ।

“राष्ट्रिय प्रजातन्त्र पार्टी निहत्था र निर्दोषमाथिको हमलाको निन्दा गर्दछ । हमास आक्रमणका कारण निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

निधन भएकाको शव यथाशक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउँदछु”, विज्ञप्तिमा भनिएको छ । “इजरायलमा रहेका नेपालीहरूको विवरण सङ्कलन गर्न, उनीहरूको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कूटनीतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गरी एवं स्वदेश फर्कन चाहनेहरूलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली राजदूतावास इजरायलको

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved