न्यायको सिद्धान्त बिपरित जाने न्यायाधीशलाई कारबाही गर्नुपर्छ

  • असोज २९, २०८०
  • कालापानी मिडिया
alt

प्रकाश राइमाझी

राजनीतिक बिश्लेशक

काठमाडौं । न्यायाधीशहरुले मुद्दाको र प्रकृति मर्म नबुझी स्वेच्छाचारी ढङ्गले आदेश गर्दा पनि तिनीहरू माथी न्यायपरिषद्ले तत्कालै किन छानबिन गर्दैन् ? कार्यक्षमतामा कमजोर कानून व्यवसायमा पनि सफल हुन नसकेका व्यक्तिहरू दलीय भागबण्डामा अपारदर्शी रूपबाट नियुक्ति गरिएका न्यायाधीशको कारणबाट न्यायप्रणाली नै बदनाम हुँदै आएको छ । प्राकृतिक न्यायको सिद्धान्तको विपरित आदेश गर्ने न्यायाधीशहरुलाई जनताले अब कठघरामा उभ्याउने छन् । कुत्सीत मनसायले ग्रस्त विवेकहीन भएका न्यायकर्मीको आदेश विरुद्ध चुनौती दिनैपर्छ । जनताको रगत पसिनाबाट उठेको करबाट तलबभत्ता सुविधा खाने अनि त्यही जनता जनार्दन माथि शासक बन्ने न्यायाधीशहरुले सपना नदेखेपनि हुन्छ । न्यायलयमा भएको भ्रष्टाचार न्यायाधीशहरुको सेटिङबाट न्याय पीडितहरु अनभिज्ञ छैनन् । न्यायपरिषद्ले न्यायलय क्षेत्रमा सुधार गर्न सक्दैन भने न्याय परिषद किन खारेज नगर्ने ? वर्षौँदेखि तड्पिरहेका पीडितहरूको मुद्धा हेर्न सकिन भन्ने न्यायाधीशलाई कडा कारबाही हुनुपर्छ । चलखेल नभएका मुद्दाको हकमा इजलासबाट मुद्दाको संवेदनशीलता भन्दा न्यायाधीसको स्वार्थ अनुसारको आदेश आउने गर्दछन् । न्यायाधीशहरूको यस्तो निर्णयबाट कारागारमा पुर्पक्षमा बन्दी जीवन भोगिरहेकाहरूमाथी ठूलो वज्रपात हुन्छ । त्यति सम्म पनि विवेक नभएका न्यायाधीशलाई किन कारवाही नगर्ने ? न्यायाधीशमाथि कारवाही हुन्न ?? उनीहरुलाई जे गरे पनि छुट हुने ?? न्यायालयको विकृति र विसंगतिलाई तत्काल अन्त्य गर्नका लागि पनि न्यायिक सुधार आयोग खडा गरेर नेपालको न्याय प्रणालीमा परिवर्तन गर्नु अपरिहार्य भइसकेको छ । राजनीतिक दलहरूको संकीर्ण स्वार्थले गर्दा न्यायलय यो अवस्थामा पुगेको छ । नागरिक समाज कर्तब्यबिमुख अब रहन हुँदैन भने न्यायाधीशको सम्पत्ति सम्पति छानबिन गर्ने अभियान सुरु गर्नुपर्छ । फितलो अनुसन्धान, आग्रह, पूर्वाग्रहबाट सरकारले मुद्धा चलाएको अवस्थामा न्यायाधीशहरुबाट विवेकपूर्ण न्याय पाउँछु भन्ने पिडितहरूको अपेक्षा हुन्छ । तर न्याय खरिद बिक्रीमा भौतारीनु पर्दा पीडितपक्षहरूको मनमा न्यायालय प्रति आक्रोश घृणा उत्पन्न हुनु अस्वाभाविक होइन । यो विषयमा चर्चा गरिरहनु पर्दैन, हरिकृष्ण कार्कीको संयोजकत्वमा न्यायलय सुधारको निमित्त तपार गरिएको प्रतिवेदनमा धेरै कुरा उल्लेख भएको छ । इजलासमा बसेर न्यायाधीशहरुले मुद्दा हेर्दिन हेर्न भ्याउँदिन जस्ता अमानवीय गैरसंवैधानिक गैरजिम्मेवार हुँदापनि न्याय परिषद रमिता हेरेर बसेको छ । यस्ता माथि न्यायाधीशमाथि किन कारबाही हुदैन ? तीन करोड नेपालीहरूको आस्था र भरोसामा चल्नुपर्ने न्यायालयको यो दुरावस्था किन ? दलीय राजनीतिको संकीर्ण स्वार्थ भित्र न्यायलय राख्नुपर्छ भन्ने कथित नेताहरूको मानसिकताबाट यो अवस्था उत्पन्न भएको छ । न्याय सबैलाई चाहिन्छ,संविधानको संरक्षक बन्नुपर्ने न्यायालय किन यति कमजोर अवस्थामा छ । राजनीतिक दलका नेताहरुको हकमा भने उनीहरुका इच्छा अनुसार आदेश र फैसला हुनुपर्ने अन्यथा संसदमा महाअभियोगको नाटक मञ्चन गर्ने यो संवैधानिकको प्रावधान पनि हटाउनुपर्छ । न्याय प्रशासनको ढिलासुस्ती स्वेच्छाचारी प्रवृत्ति अन्त्य गर्नको निमित्त संविधान संशोधन जरुरी भइसकेको छ । न्यायालय पुनःसंरचनाको टड्कारो आवश्यकतालाई बिलम्ब गर्नुहुन्न । भ्रष्टाचारमुक्त न्याय प्रशासनको अनुभूति हुने वातावरण हुनुपर्छ भने मुद्दाका पीडित पक्षको मानवअधिकारको साथै स्वतन्त्रताको पनि न्यायालयबाट ग्यारेन्टी हुनुपर्छ । पुर्पक्षमा केयौ निर्दोषव्यक्तिहरू थुनामा परेका हुन्छन् उनीहरूको सामाजिक तथा भौतिक क्षतिको असुलउपर आदेश दिने न्यायाधीशबाट गर्ने कानूनी व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved