गाउँगाउँमा कोरोनाको संन्त्रास, आवतजावत नियन्त्रण गर्न बाटोनै बन्द

  • चैत १२, २०७६
  • कालापानी मिडिया
alt

कृतबहादुर बिष्ट, धनगढी । यतीखेर कोरोना भाईरसको संन्त्रास बिश्बब्यापी रुपमा दिन दुईगुना रात चौगुना गर्दै फैलिएको छ । कोरोना संक्रमित देशहरु पुर्णरुपमा लक डाउन छन् । नेपालमा पनि लक डाउनको आज दोस्रो दिन हो । कैलाली लगायत सुदूरपश्चिम प्रदेशका हरेक गाउँ शहर पनि लक डाउन गरिएका छन्।

तर कैलालीका केही ग्रामीण बस्तीहरुमा भने कोरोना भाईरसको सन्त्रास छुट्टै प्रकारको छ । कोरोना भाईरसबाट बाच्न र आफ्नै घरलाई सुरक्षित सम्झदै ाभरत गएका तथा नेपालकै अन्य शहर गएकाहरु घर फर्किदै छन् । तीनै घरफर्कीएका नेपालीहरुमा कतै कोरोनाको संक्रमण छ की भन्ने चिन्ता स्थानियहरुमा बढ्दै गए पछि स्थानिहरु आफ्नो गाँउ घरका सडकमा ठाउँँठाउँमा मुढा तेर्साएर बाटो नै बन्द गर्न थालेका छन् ।

कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १४का अधिकांस गाउँहरुका युवाहरुले सडाकमा मुडा तेर्साएर मानिसहरुको आवागमन कम होस् र कोरोना संकक्रणबाट गाँउ जोगियोस् भन्दै सडक अबरुद्ध गरेका छन् । उनिहरुले भारतबाट आएकाहरुलाई उचित चेकजाँच र परामर्श दियोस् भन्दै बाटो अवरुद्ध गरेको जनाएका छन् ।

भारतबाट नेपाल आएका नेपलाीहरुमा कतै कोरोना पो छ की , भन्ने आशंकाले स्थानियहरु त्रसित मात्रै भएका छैनन् उनिहरु घर घरमा गएर आबश्यक परामर्श दिन थालेका छन् । उनिहरुलाई धनगढी उपमहानगरपालिकाले पनि सघाएको वडा नमव १४ का वडाध्यक्ष रामबजारी थारुको भनाइ छ।

स्थानिहरुले गाउँमा होहोरदोर गर्दा कोराना भईरसको संक्रमण हुन्छ की भन्ने गलत सोचाईका कारण सडक नै जाम गर्न थाले पछि भारतबाट घर फर्केहरु र स्थानियहरुलाई घरमा सुरक्षित बस्न भनी अन्य थप उचित परामर्श दिई रहेको शसस्त्र प्रहरीका इनिस्पेक्टर जयबहादुर महोतोले बताए ।

यती खेर भारतबाट घरपर्फिएका थुर्पै नेपालीहरु आफ्नो घरमा छन् । तर कतै उनिहरु असुरक्षित पो छन् की भन्ने स्थानियहरुमा चिन्ता र चासो हुनुु स्वभाविक पनि हो । तर, उनिहरु प्रति शंका लागेपनि बाटोनै अवरुद्ध गर्नु भदा पनि उनिहरुलाई उचित परामर्श दिएर होम क्वारेनटाइनमा राख्न पर्छ, र यसमा स्थानीइ सरकारले पनि चेकजााचको व्यवस्था मिलाउनु पर्छ । अन्यथा, स्थानीयको यो त्रासले साचिकै भयावह अवस्था नल्याउला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved