सामाजिक संजाल टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय

  • कार्तिक २७, २०८०
  • कालापानी मिडिया
alt

‘अवाञ्छित गतिविधि रोक्न’ टिकटक र नेपाल सरकार सहमत, भएको छ । नेपाल सरकारले टिकटकबाट हुने ‘अवाञ्छित गतिविधि रोक्न’ उक्त सामाजिक सञ्जालको सञ्चालक कम्पनीका प्रतिनिधिहरूसँग छलफल र सहमति गरेको जनाएको हो।

त्यसले टिकटकबाट हुने ‘गलत कार्य तथा सामाजिक सद्भाव भड्काउने गतिविधि’ नियन्त्रणमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्। तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सरकारले “सरोकारवालासँग छलफल नगरी उक्त कार्य अघि बढाएको” भन्दै आपत्ति जनाएका छन्।

उनीहरूले सरकारले ‘अपराध रोक्ने बहानामा नागरिकको आलोचना गर्न पाउने अधिकार कुण्ठित गर्न सक्ने’ आशङ्का पनि गरे। टिकटक नेपालमा अत्यधिक प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ। चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य सूचनाहरू चीन सरकारसम्म पुर्‍याउने आरोप लगाउँदै कतिपय पश्चिमा देशहरू र भारतले समेत प्रतिबन्ध लगाएका छन्।

टिकटकले भने त्यस्ता आरोपलाई निराधार भनी खण्डन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved