एडिलेड । डा.धवलशमशेर र अस्ट्रेलियाको लेजिस्लेटिभ काउन्सिलमा प्रभावशाली पृष्ठभूमि भएका प्रतिष्ठित व्यक्ति मा.रसेल वोर्टलीबिच शिष्टाचार भेटघाट भएको छ ।
साताब्यापी अष्ट्रेलिया भ्रमण र अन्तरक्रिया कार्यक्रमको सीलसिलामा अस्ट्रेलियाको अर्को ठूलो सहर एडिलेडमा प्रबासी नेपाली एकता समाज, अस्ट्रेलिया र ओसीनिया परिवारद्वारा गरीएको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका डा. धवल र वोर्टलीबिच त्यहा दुई देशको वर्तमान राजनीतिक अवस्था बारे छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै मा. राणाले प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवाद बारे प्रष्ट पारे । दक्षिण अस्ट्रेलियाको लेजिस्लेटिभ काउन्सिलमा प्रभावशाली पृष्ठभूमि भएका प्रतिष्ठित व्यक्तित्व माननीय रसेल वोर्टलीले यो बिसयमा निकै चासो लिएको देखियो ।
एडिलेडको भ्रमण र अन्तरक्रिया सम्पन्न गरेर राप्रपा महामन्त्री तथा सांसद डा. राणा यतिबेला भने अन्तरक्रिया कार्यक्रमकै लागी अस्ट्रेलियाको सिड्निमा छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved