विपिन जोशी अझै रिहा नहुँदा परिवारमा थप चिन्ता

  • मंसिर १२, २०८०
  • कालापानी मिडिया
alt

इजरायल-हमास युद्ध विश्रामको पाँचौं दिन पनि कञ्चनपुरका विपिन जोशी अझै रिहा नहुँदा परिवारमा चिन्ता थपिएको छ ।

असोज २० गतेका दिन प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको रिहाइ र घर फिर्तीको दिन गनेर आमाबुवाको दिन बित्ने गरेको छ । विपिनका ५० वर्षीय बुवा महानन्द जोशीले ५० दिन भइसक्दा पनि छोरा बेपत्ता भएको र सार्वजनिक नहुँदा चिन्ता थपिएको बताए ।

पहिलो चरणमै रिहाइको पहलको आशा गरेका बुवा महानन्दले छोराको रिहाइ नहुँदा पिडा भएको बताए । उनले जतिसक्दो चाँडो छोराको रिहाइको आशा राख्दै यथाशीघ्र नेपाल ल्याउने पहल गरिदिन सरकारसँग आग्रह गरे।

छोरा बेपत्ता हुनु अगाडिसम्म बझाङको एक सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका बुवा महानन्द जोशीले त्यसयता जागिरमा समेत जान नसकेको बताए । छोराको रिहाइ गरिदिन आमा पद्मा जोशीले पनि सरकार समक्ष याचना गरे ।

एक छोरा र एक छोरी रहेको जोशी परिवार लामो समयदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ३ मालिकार्जुन टोलमा बस्दै आएको छ । २३ वर्षीय विपिन जोशी सिकाइसँगै कमाइ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । तर इजरायल युद्धमा बङ्करमा बसिरहेको बेलामा उनलाई हमास लडाकुले कब्जामा लिएपछि ५० दिन बित्दासमेत अवस्था अज्ञात नै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved