काठमाडौंका सडक तथा नदी किनारमा आगो बाल्न निषेध

  • मंसिर १२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गर्दै चेतावनी दिएको छ । सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो बाल्न निषेध गरेको हो । अटेर गरेमा पहिलो पटकमा पाँच सयदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिर्न लगाइने महानगरपालिकाको चेतावनी छ ।

जाडो मौसममा सडक तथा नदी किनारामा फोहोर जम्मा गरेर आगो बाल्दा वायु प्रदूषण बढ्ने भन्दै महानगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।पटक पटक कारवाहीमा पर्नेलाई महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिएको छ ।

नदी किनारमा बस्नेले तथा सडक बालबालिकाले जाडोयाम शरु भएपछि फोहोर थुपारेर रातभर आगो बाल्ने गरेको र त्यसबाट वायु प्रदूषण बढ्दा श्वासप्रश्वासको समस्या बढ्ने गरेको तथ्यांकको आधारमा आगो बाल्न निषेध गरिएको विभागले स्पष्ट पारेको छ ।
विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका नदी तथा खोलाका पुलमुनिका सडक किनाराहरुमा विशेष निगरानी र अनुगमन शुरू गरेको पनि महानगरपालिकाले जनाएको छ । विभागले खोला किनारका सडकहरुको सफाइ पनि थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सिरियाका सयौं क्षेत् ...

काठमाडौं । इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। सञ्चारमाध्यमका अनुसा ...

हिमपातले अवरुद्ध सिम ...

सिमकोट । हुम्लामा आइतवार रातिदेखि सोमवार दिउँसोसम्म निरन्तर भएको हिमपातले अवरुद्ध सिमकोट विमानस्थलमा ...

शेखर कोइराला समूहलाई ...

काठमाडौँ । सांसद सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved