तनहुँ । तनहुँका बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । रूम टु रिड तथा पढ्नको लागि कोठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमले स्थानीय सरोकारवाला सँगको सहभागीतामा तनहुँको म्याग्दे गाउँपालीका अन्तर्गत मीन मावि थर्पु र महेन्द्र मावि गुणादीमा संचालित बालिका शिक्षा कार्यक्रमको संयुक्त अनुगमन भ्रमण कार्यक्रम गरेको छ ।
कार्यक्रममा रूम टु रिडको बालिका शिक्षा कार्यक्रमले समाज सँगै बालिकाहरूमा कस्तो प्रभाव पारेको छ भन्ने बारेमा छलफलको लागि सरोकारवाला पक्ष भेला भएको रूमटुरिडले जनाएको छ ।
रूम टु रिडको लक्ष बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर दिनु रहेको र रूमटुरिडले सञ्चालन गरेको कामको बारेमा स्थानीय तहको कस्तो धारणा गराइरहेको छ भन्ने बारेमा प्रस्ट हुनु पनि रहेको थियो । पालिका र रूम टु रिड बिच कसरी सँगसँगै जान सकिन्छ , कस्तो किसिमको सहकार्य आवस्यक पर्दछ लगायतका बिषयको छलफलले भविस्यमा गरिने कार्यक्रममा योजना बनाउन सकिने सरोकारवालाको भनाइ थियो ।
कार्यक्रममा मीन माविका प्रअ राजेन्द्र भण्डारीले बालिका शिक्षा कार्यक्रम अत्यन्तै उपयोगी भएको बताए । प्रअ भण्डारीले पढाइलाई बिचैमा छोडेका बिद्यार्थीहरू लाई निरन्तरता दिन यसले अत्यन्तै सहयोगी भुमिका खेलेको बताए ।
जिवनोपयोगी सीप सत्रहरू अनुगमनका क्रममा सरोकारवालाहरूले बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका छन् । रूम टु रिड तथा पढ्नको लागि कोठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम बाट तनहुँका १८ वटा सामुदायिक बिद्यालयमा अध्यनरत झण्डै १५ सय जना छात्रा बिद्यार्थीहरू लाभान्वित छन् । तनहुँको म्याग्दे गाउँपालिका लगायत ब्यास नगरपालिका , भानु नगरपालिका , बन्दिपुर गाउँपालिका , ऋषिङ गाउँपालिका भित्रका बिद्यालयहरूमा बिगत ६ बर्षदेखि र शुक्लागण्डकी नगरपालिका र भिमाद गाउँपालिका मा यहि बर्षदेखि उक्त कार्यक्रम चल्दै आएको छ ।
कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीप शिक्षा दिलाउँदै आफ्ना अधिकारका बारेमा , आदर्श ब्यक्ति बन्ने बारेमा , अरूको बिश्वास जित्ने बारेमा शिक्षा दिएको छ । यस्तै अध्यनको लागि समय तालिका बनाउने बारेमा ,भविष्यमा गर्ने पेशाको बारेमा , यौनरोग र एचआईभीका सम्बन्धमा , यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धमा , चिनेजानेका बाट हुने बलात्कार सम्बन्धमा , स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको छ ।
बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएको म्याग्दे गाउँपालिका वडा नं ४ मा रहेको मीन मावि कक्षा ६ मा अध्यनरत तथा महेन्द्र मावि गुणादी कक्षा ९ मा अध्यनरत छात्राहरूले जीवन उपयोगी शिक्षाले आँफुहरूको आत्मबल बढेको बताए । उनिहरूले जीवन उपयोगि शिक्षाले पढ्ने सीप तथा पढ्ने बानिका लागि धेरै प्रभावकारी बनाएको बताएका थिए । सहभागि हरूले अन्य सबै भएको कक्षा कोठामा लिने शिक्षा भन्दा यो शिक्षा प्रभावकारी भएको बताएका थिए ।
सरोकारवालाको उपस्थितिमा जीवन उपयोगी शिप तालिम अन्तर्गत सहजकर्ता सिर्जना पोख्रेल तथा गिता लम्सालले कक्षा ६ का बालिकाहरूलाई ू शिक्षक निर्देशित मोडल अन्तर्गत भावनाका कुरा भन्ने बिषयमा जीवन उपयोगी सीप सत्र संचालन गरेकि थिइन् । यस्तै महेन्द्र माविमा सामाजिक परिचालिका सुनिता घिमिरेले यौनरोग र एचआईभी र एड्स बिषयमा जीवन उपयोगी शीप सत्र संचालन गरेकि थिइन् । प्रत्यक्ष रूपमा कक्षा हेर्न पाएका सरोकार वालाहरूले कार्यक्रम ज्यादै प्रभावकारी भएको बताए ।
यस कार्यक्रमले बिद्यार्थीहरूको उत्साह , आँट र साहस बढाउनमा मद्दत गर्ने म्याग्दे गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । बिद्यार्थीहरूमा फरकपना सँगै आत्मबल बढाउने खालको शिक्षा भएकोले यसलाई प्रोत्साहन गर्न गाउँपालीका सहकार्यको लागि तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । यस्तै गाउँपालीकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बालिका शिक्षा कार्यक्रम अत्यावश्यक रहेको बताए । यो महत्त्वपूर्ण कार्यक्रमलाई राजमार्ग आसपास , सुगम ठाउँमा मात्रै नभइ भित्री र दुर्गम बिद्यालयहरूमा पनि लानुपर्ने घिमिरेको सुझाव थियो । संयुक्त अवलोकन भ्रमणका क्रममा गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यसको दिगोपनाको अपेक्षा गाउँपालीकाले गरेको बताए । कार्यक्रमको निरन्तरताको लागि स्थानीय सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा रूम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलले सबैको चाहना कार्यक्रम निरन्तरता हुनुपर्ने भएको हुँदा स्थानिय स्तरमा अझ प्रभावकारी बनाउन लागि पर्ने बताए । पोख्रेलले बिद्यालय , बालिका, अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप आगामि दिनमा यस कार्यक्रमको बिस्तारको लागि स्थानीय तह सँग समन्वय तथा सहकार्य गरि अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई आफ्नो योजनामा राखि अगाडि बढेको खण्डमा रूम टु रिड प्राविधिक सहकार्य गर्नमा तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved