लमजुङ । सुत्केरी र शिशुको मृत्यु भएको घटनापछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ । पीडितका आफन्तले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको छ । घटनामा दुई प्रहरी समेत घाइते भएका छन् ।
गत सोमबार लमजुङको मर्स्याङ्दी गाउँपालिकाकी एक जना २६ वर्षीय सुत्केरी भर्ना हुन आएकोमा सोही दिन उनले मृत शिशुलाई जन्म दिएकी थिइन् ।
थप उपचारका लागि चितवन रेफर गरेपनि उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको थियो । यससँगै आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पतालमा नाराबाजी गरेका थिए ।
घटनाबारे छानबिन गर्न वार्ता समिति गठन भएपनि बिहीबार आफन्तले अस्पताल परिसरमा तोडफो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved