प्रमोद खरेलको ‘सोझो थिएँ बाङ्गो बनायौ’सार्वजनिक, प्रेम र कृष्णाले गरे अभिनय

  • मंसिर २०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

युवायुवतीको त्रिकोणात्मक प्रेमकथाको विषय समेटिएको ‘सोझो थिएँ बाङ्गो बनायौ, स्वार्थी रहेछौँ नाङ्गो बनायौ’ बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो ।

गीतको भिडिओमा दुई युवा र एक युवती केन्द्रका छन् । भिडिओमा उनीहरुबीचको प्रेम र बिछोडको भाव पोखिएको छ। गीतमा यज्ञ बिकको शब्द र र संगीत छ। यसको संगीत संयोजन विशाल निरौलाले गरेका हुन्।

बाबुराजा केसी (उज्वल) को निर्देशनमा तयार गीतको भिडिओमा अभिनेता प्रेम थापा र कृष्णा खत्री प्रमुख भूमिकाका छन् । सँगै सुवर्ण दुलालको समेत अभिनय छ।

चक्रबहादुर बरालको छायांकन रहेको भिडिओ कृष्ण फिल्मस् एन्ड एडभटाइजिङमा पोष्टप्रोडक्सन भएको हो ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला ।

https://youtu.be/s1f2-EEtbG8 si=UJvJbmlEE57DxdUx

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved