काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा साढे तीन वर्षअघि ६ जनाको हत्या भयो । २०७७ जेठ १० गते जाजरकोट भेरी–४ स्थित रानागाउँका २१ वर्षीय नवराज विक र उनका साथीहरूको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा कुटीकुटी हत्या गरिएको थियो । मल्ल थरकी प्रेमीकासँग विवाह गर्न भनि नवराज साथिहरुसहित छिमेकी जिल्ला रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए । सोहीबेला चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले नवराजसहित ६ जनालाई कुटीकुटी हत्या गरेका थिए । गाउँलेको आक्रमणबाट मारिनेमा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाही रहेका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा अरू १२ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved