कास्की प्रहरीद्वारा कोरना संक्रमणबाट बचाउन सडकपेटीमा बसेका बृद्धबृद्धाको उद्दार

  • चैत १२, २०७६
  • कालापानी मिडिया
alt


कास्की । जिल्ला प्रहरी कास्कीले सडकपेटीमा रहेका बृद्धबृद्धाहरुको उद्दार गरेको छ । देश नै लक डाउन रहेको अवस्थामा कास्की जिल्लामा सडकपेटीमा नै बस्ने-सुत्ने अवस्थामा भेटिएको बृद्धबृद्धाहरुको जिल्ला प्रहरी कार्यालय कास्कीले उद्दार गरेको हो ।

90776049_524994141744645_3669564180177879040_n

चिनको हुवान प्रान्तमा पहिलो पटक देखा परेको कोरना भाईरस हाल बिश्वको १५० भन्दा बढी राष्ट्रमा देखापरी महामारीको रुपमा फैलिइरहेको कारण राज्यले नै बिपतको रुपमा लिई यसबाट बच्न तथा बचाउन सर्वसाधारणहरुलाई जम्मा नभई घरमा नै बसेर सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले देश नै लक डाउन गर्ने सम्मको नीति अबलम्वन गरी रहेको अबस्थामा केही घरवार बिहीन बेवारिसे बृद्धबृद्धाहरु कास्की जिल्ला अन्तरगतका बिभिन्न स्थानमा मागी खादै सडकपेटीमा नै बस्ने सुत्ने अवस्थामा भेटिएकोले उद्दार कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

90073015_2499509030309321_7429029331600408576_n

राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले सडकपेटी मै दिनरात गुजारी मागेर आफ्नो जीवन चलाउदै आएका ५८ देखी ६५ बर्षका ५ जना बृद्धबृद्धाहरु ९३ जना पुरुष र २ जना महिलालाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाईएको प्रवक्ता केसीले बताएका छन् ।
लकडाउनमा सबै नागरिक घरभित्र बस्नुपर्ने हुन्छ तर यिन बृद्धबृद्धाहरु घर नै भएको कारण सडकमा बस्न बाध्य थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved