कंचनपुरमा निशेधाज्ञा, प्रशासनको निर्णयप्रति स्थानीयको निन्दा, महेन्द्रको सालिक राख्नै पर्ने जिकिर

  • मंसिर २८, २०८०
  • कालापानी मिडिया
alt

सुमन भट्ट, कन्चनपुर । प्रशासन कार्यालय कञ्चनपुरले  महेन्द्रनगरको महेन्द्र स्मरक आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा लगाएको छ। यहाँ पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबार जारी गरेको आदेशमा उल्लेख छ।

यस क्षेत्रमा एक सातासम्म जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गरिएको प्रशासनको भनाइ छ।

भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र स्मरण र त्यहाँबाट दशरथ चन्दको सालिकसम्मको मुख्‍य सडकमा निषेधित क्षेत्र तोकेको हो। त्यस्तै महेन्द्र स्मरणबाट पश्चिम मदन भण्डारीको सालिक सम्मको मुख्य सडक खण्ड क्षेत्रसम्म पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।

महेन्द्र स्मरण आसपासको क्षेत्रमा राजा महेन्द्र शाहको सालिक स्थापना गर्न दिने/नदिने भन्नेबारे विभिन्न राजनीतिक दलहरूबीच विवाद भएपछि सार्वजनिक स्थानमा शान्ति कायम गर्न उक्त स्थानलाई निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

राप्रपाले राजा महेन्द्रको सालिक पुनःस्थापना गर्न खोजेको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले सभा गर्दै बिहीबार राजा शाहको सालिक स्थापना गर्ने कार्यक्रम तय थियो।

तर, राप्रपाले कार्यक्रम सुरू गर्नुअघि नै प्रशासनले निषेध क्षेत्र घोषणा गरेको हो । 

यता प्रशासन र सात दलको निर्णयप्रति राप्रपा मात्रै होइन महेन्द्रनगरका स्थानीयले पनि निन्दा गरेका छन । जसको देन हो तिनैलाई निशेध गरिनु बिडम्बना भएको उनिहरुको तर्क छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved