कोरोना संक्रमितका लागी निशुल्क गाडी उपलब्ध

  • चैत १२, २०७६
  • कालापानी मिडिया
alt

ललित सिहं, बझाङ । कोही कोरोना संक्रमित भएर जिल्ला भन्दा बाहीर लिन परेको खण्डका आफ्नो निजी सवारी साधन निशुल्क उपलब्ध गराउने जयपृथ्वी नगरपालीका वडा नम्बर १० का वडा अध्यक्ष दल बहादुर विष्ट(कृष्ण)ले बताउनु भएको छ ।

सामाजीक संजाल फेसबुक मार्फत सबै स्थानीय बासिन्दालाई जानकारि गराउदै उहाँले कोरोनाका संक्रमित भएर कसैको रिफर गरेर जिल्ला भित्र वा बाहीर जहाँ जुन सुकै ठाँउमा विरामी लैजानका लागी सजिलो होस भन्ने उदेश्यले निशुल्क जीप उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो ।

उहाँकी श्रीमति पुष्पा विष्ट र आफुले सल्लाह गरेर निशुल्क जीप उपलब्ध गराउने निर्णय गरेको वडा अध्यक्ष दल बहादुर विष्टले जानकारि दिनु भयो । अहिले वडा अध्यक्ष विष्टको सामाजीक संजालमा राम्रो निर्णय गरेको भन्दै विभिन्न ब्यक्तीहरुले धन्यबाद र प्रसंसनिय काम भन्दै प्रसंसा समेत गर्न थालेका छन् ।

यो भन्दा अघि पनि गरिब टुहुरा तथा अतिविभिन्न बादी समुदाय लगायतका ब्यक्तीहरुका लागी आर्थिक तथा भौतिक सहयोग गर्दै आउनु भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विष्ट नेपाली काँग्रेस बाट विजयी उम्मेद्धार हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved