दक्षिण अफ्रिकाको नटाल प्रान्तमा बाढीले सातजनाको मृत्यु, ११ बेपत्ता

  • पुस ११, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा बाढीका कारण सात जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता भएका छन्।

क्वाजुलु नटालको लेडिस्मिथ जिल्लामा १० मिटरसम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र सवारीसाधन बगाएको उद्धारकर्मीले बताएका छन् । अधिकारीहरूका अनुसार बेपत्ताको खोजीमा उद्धारकर्मी मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन्।

डर्बनदेखि २३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शव खोजीमा व्यवधान भएको छ। यो स्थानमा आइतबार मुसलधारे वर्षा भएको थियो। क्वाजुलु नटाल वैश्विक तापक्रममा भएको वृद्धिका कारण बाढी र मौसमी प्रकोपको चपेटामा परेको छ।

सन् २०२२ अप्रिलमा प्रान्तको मुख्य सहर डर्बनमा आएको ठूलो आँधीपछिको बाढी र पहिरोमा परी ४५० भन्दा बढीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved