छुदै नछोइ सामूहिक बलात्कार ! हेर्नुस दर्ता भयो पहिलो केस

  • पुस १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । बेलायतमा ‘मेटाभर्स’मा बलात्कार भएको भन्दै पहिलो मुद्दा दर्ता भएको छ । अनलाइन मेटाभर्समा १६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पीडित नाबालिगले ‘अनलाइन मेटाभर्स’ को गेममा उनको अवतारलाई केही व्यक्तिले सामूहिक बलात्कार गरेको बताएकी छिन् । जसकाकारण नाबालिग स्तब्ध र डराएको बताइएको छ । उनले वास्तविक संसारमा यौन शोषण भइरहेका बेला भर्चुअल संसारमा पनि यस्तै समस्या भोग्नुपरेको बताएकी छिन् ।

मेटाभर्सको भर्चुअल संसारमा यस प्रकारको बलात्कारको यो पहिलो घटना भएको बताइएको छ । बालिकाले बलात्कार पीडित जस्तै मानसिक यातना सहनु परेको छ । ती १६ वर्षीया नाबालिगले इमर्सिभ गेममा भर्चुअल रियालिटी (भीआर) हेडसेट प्रयोग गरिरहेकी थिइन् ।

यसै क्रममा उनीमाथि आक्रमण भएको डेली मेलको रिपोर्टमा उल्लेख छ । बेलायती अधिकारीहरुलाई उद्धृत गरिएको उक्त रिपोर्टमा पीडितलाई कुनै शारीरिक हानी नभएको तर घटनाले उनलाई परेको भावनात्मक र मनोवैज्ञानिक असरलाई गम्भीर रूपमा लिएको उल्लेख छ । पहिलो भर्चुअल यौन अपराध भएकाले प्रहरीलाई पनि अनुसन्धान गर्न समस्या भइरहेको छ ।

यस्तो अपराधका लागि कानूनमा व्यवस्था नभएकाले नयाँ चुनौती खडा भएकोे अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सिरियाका सयौं क्षेत् ...

काठमाडौं । इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। सञ्चारमाध्यमका अनुसा ...

हिमपातले अवरुद्ध सिम ...

सिमकोट । हुम्लामा आइतवार रातिदेखि सोमवार दिउँसोसम्म निरन्तर भएको हिमपातले अवरुद्ध सिमकोट विमानस्थलमा ...

शेखर कोइराला समूहलाई ...

काठमाडौँ । सांसद सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved