आफैँ आफ्नो ज्यान संकटमा नपारौं

  • चैत १२, २०७६
  • कालापानी मिडिया
alt

मंगल थापा,
अहिले नेपालको अवस्था जस्तो छ, १५/२० दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउँँमा बन्द गरेको थियो । मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो । साबुनपानीले हात धुन मास्क लगाउन भनेको थियो । भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो ।

तर, अहिले हामिले कोरोना भाइरसलाइ जस्तो सामान्य सोचेका छौँ, उनिहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाइ टेरेनन । बहिर निस्कन र हिड्न छोडेनन । रेस्टुरेन्ट जान भेला हुन गोष्ठी गर्न छोडेनन। त्यसैले त हेर्नुस्इ, अहिले इटालिको हालत कस्तो छ ? हरेक दिन ३/४०० मनिसहरुले ज्यान गुमाइरहेका छन । कोरोना भाइरसका कारण मर्नेको संख्या १५ दिनको अवधीमै चिनको भन्दा धेरै भैसकेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन।

सजिलो छैन यो मरण, तपाइलाइ कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसंग भेट्न दिदैनन। मरेपछी पनि घर लैजान दिदैनन। १ जनालाइ लागिहाल्यो भने फैलिन धेरै समय लग्दैन । नेपाल सानो देश, त्यसैमाथी हामीसंग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन। अहिले हाम्रो सरकारले पनि हामिलाइ धेरै सुझावहरु दिइराखेको छ । तर, हामिले त्यसलाइ मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालिको जस्तो नहोला भन्न सकिँदैन।

त्यसैले हामी पनि अहिल्यै बाट सचेत होऔ। जथाभावी बाहिर ननिस्कौ। बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔ। मास्कको प्रयोग गरौ। भिटामीन सि युक्त खनेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं।

घरमै बसौ र यो प्रकोपलाइ निम्तिन नदिऔ। आफू पनि सुरक्षीत रहौ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ। नत्रभने हामी नेपालीको अस्तित्व पनि संकटमा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved