ब्राजिलमा बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु

  • पुस २४, २०८०
  • कालापानी मिडिया
alt

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ।

बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्निनियन्त्रकहरूले २५ जनाको मृत्यु भएको’ जानकारी दिएका हुन्। ब्राजिलियाली प्रेस रिपोर्टअनुसार आइतबार राति भएको दुर्घटनामा पाँच जना घाइते भएका छन्।

दुर्घटनाको कारण अहिलेसम्म थाहा भएको छैन। अग्निनियन्त्रकहरूले पीडितहरूको शव पहिचानका लागि प्रहरीलाई जिम्मा दिएका छन्। दुर्घटना भएको स्थान नजिकैको सहर ज्याकोबिनाका मेयर कार्यालयले सोमबार तीन दिनको आधिकारिक शोक घोषणा गरेको छ र पीडितहरूका लागि ‘सामूहिक शोक’ को तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कीर्तिपुर अपडेट : प ...

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको ...

राज दम्पती सोमबार बु ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह दम्पती सहित सोमबार नेपालगन्ज प्रस्थान गर्ने हुनुभएको छ । मध्य र सुद ...

८४ अघि नै राप्रपाले ...

                   फाइल तस्बिर काठमाडौँ । राष्ट् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved