बिहान ११ वजेदेखी १ वजे सम्म बैंकले सेवा दिने

  • चैत १३, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौ । काठमाडौं लकडाउनको अवस्थामा बैंकका निश्चित शाखाहरुले सेवा दिने भएका छन् । अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुल्ने भएका हुन्।

कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन्। नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछ। उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हिजो अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो।

बैंकहरु बन्द हुँदा नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकलेसमेत बैंकहरुलाई नगद अभाव हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकले सकेसम्म विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

राष्ट्र बैंकले प्रदेश तथा स्थानीय तहहरुमा स्थानीय प्रशासनसँगको समन्वयमा बैंकको अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। बैंकहरुले उच्चस्तरीय समिति र राष्ट्र बैंकको निर्देशन अनुसार आजदेखि आंशिक रुपमा सञ्चालन गर्न लागेका हुन्। साथै सरकारले चैतभित्र बुझाउनुपर्ने ब्याज तथा किस्ता बुझाउन नसकेपछि जरिवाना नगर्न समेत बैंकहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved