फ्रान्समा ३४ वर्षीय ग्याब्रियल एटल बने प्रधानमन्त्री

  • पुस २५, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले ग्याब्रियल एटललाई प्रधानमन्त्री नियुक्त गरेका छन्। यससँगै ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका छन्।

६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा स्वीकार गरेसँगै राष्ट्रपति म्याक्रोँले एटललाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् र उनलाई सरकार बनाउने जिम्मेवारी दिएका छन्।’ यससँगै यसै सातासाता मन्त्रिपरिषदमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ ।

म्याक्रोँले कार्यकालको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहेका वेला एटललाई जिम्मेवारी दिएका हुन्। यससँगै प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने अपेक्ष गरिएको छ। ३४ वर्षीय एटलले यसअघिको रेकर्ड सजिलै तोडेका छन्।

यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट ​फाबियसप्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved