जर्मनीले फेरि शुरु गर्‍यो साउदी अरबमा हतियार निर्यात

  • पुस २६, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । जर्मनीले सन् २०१८ देखि लगाएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबमा सिधै हतियार निर्यात पुनः शुरु गरेको छ।

सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनमा यसको पुष्टि गरेका हुन्। प्रतिवेदनमा बर्लिनले साउदी अरबलाई १५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो संकेत दिएको उल्लेख छ। ‘यो प्रतिवेदनको विवरण सही छन्’, नियमित सरकारी समाचार सम्मेलनमा हेबेस्ट्रेइटले भने, ‘नयाँ स्वीकृत आइरिस–टी मिसाइल हवाई लक्ष्य अर्थात् मिसाइल, ड्रोन आदिमाथि विमानबाट हान्न सकिन्छ।’

स्पिगलका अनुसार जर्मन समूह डाइहल डिफेन्सले निर्माण गरेको मिसाइलको निर्यातको मञ्जुरी गत वर्षको अन्त्यमा दिइएको थियो। इस्तानबुलमा साउदी वाणिज्य दूतावासमा असन्तुष्ट पत्रकार जमाल खशोगीको सन् २०१८ मा हत्या भएपछि जर्मनीले रियादलाई हतियार बिक्री रोकेको थियो। यद्यपि बर्लिनले हालै साउदी अरबलाई हतिायर निर्यातमा आफ्नो अडान कम गरेको छ।

जर्मन सरकाले इजराइल–हमास युद्धमा साउदी अरबको ‘रचनात्मक दृष्टिकोण’ को प्रशंसा गरेको छ। साउदी अरबले हमाससँग युद्धको प्रारम्भपछि इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउने योजना नछाडेको विदेशमन्त्री एनालेना बेयरबकले बताएका थिए। रियादले यमनमा इरान समर्थित हुथी विद्रोहीद्वारा इजराइलमाथि प्रहार गरेको मिसाइल रोक्ने प्रयास गरेको थियो।

बर्लिनले सोमबार साउदी अरबलाई युरोफाइटर जेटको निर्यातको अनुमति दिन पनि तयार रहेको बताएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved