नेपालीहरु नाकामा अलपत्र हुँदापनि स्थानीय सरकार मुकदर्शक

  • चैत १३, २०७६
  • कालापानी मिडिया
alt

जावेद अन्सारी, बाँके । नेपालगन्ज नाकामा दुई दिन देखि अलपत्र नेपालीको उद्दारमा स्थानीय प्रशासन र स्थानीय सरकार मुखदर्शक बनेका छन् ।

91080453_609885699613617_8593925209323470848_n

भारतबाट नेपाल आउदै गरेका १६ जना दुई दिन देखि जमुनाह नाकामा अलपत्र छन् । उनीहरुले न राम्रोसँग खान पाएका छन न त सुत्न । त्रिपालमुनि बस्दै आएका उनीहरुलाई उद्दार गरेर क्वारेन्टाइन गर्न सकिने भएपनि स्थानीय प्रशासन र नेपालगन्ज उपमहानगरपालिका निरही बन्दा सकसपूर्ण दिन विताइरहेका छन् ।

90900015_211301319963552_2434705209348325376_n

एकजना महिला चार महिने दुधे बालकसँग दुई रात कटाइ सकिन् । खुल्ला ठाउँ, सुत्न र बस्नलाई समस्या हुँदा उनीहरुको स्वास्थ्य नै जोखिममा परेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का माथिको आदेश विना केही गर्न नसक्ने बताउँछन । 

91105164_2259063027732545_3557711437809844224_n

यता, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर सिडिओको अनुमति विना केही गर्न नसक्ने बताउँछिन् । स्थानीय प्रशासन र स्थानीय सरकारको गैरजिम्मेवारीका कारण उनीहरुको स्वास्थ्य ठूलो जोखिममा परेको हो । जवकी नाकादेखि करिव तीन किलोमिटरको दूरीमा रहेको महेन्द्र बहुमुखि क्याम्पसमा क्यारेन्टाइन छ ।

91003291_683999059055462_2316971707564294144_n

त्यही क्वारेन्टाइनमा राख्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि सम्वध सरोकारवाला रमिते बनेका छन् । नाकामा अलपत्र परेका १६ जनालाई सरकारले खाना समेत खुवाउन सकेको छैन् । उनीहरुलाई स्थानीय केही मनकारीले आज विहान खाना खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved