अमेरिकामा रास्ट्रपति चुनाव: ट्रम्पको सम्भावना बलियो

  • माघ ३, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्। राष्ट्रपतिको उम्मेदवार बन्न रिपब्लिकन पार्टीको आन्तरिक दौडमा ट्रम्पको सम्भावना बलियो बनेको हो।

आयोवामा रिपब्लिकन पार्टीको पहिलो ककसको जितले जो बाइडेनले फेरि एकपटक डोनाल्ड ट्रम्पको चुनौती सामना गर्नुपर्ने अनुमानलाई थप बल पुगेको छ। आयोवामा रिपब्लिकन पार्टीका एक हजार ६०० भन्दा बढी समर्थकले गोप्य मतदान गरेका थिए।

यहाँ ट्रम्प विजयी भएका हुन्। दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेली वा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस दोस्रो स्थानमा रहने अपेक्षा गरिएको छ। आयोवापछि, न्य" ह्याम्पसायर, नेभाडा र साउथ क्यारोलिनामा पनि ककस आयोजना हुनेछन्।

त्यसपछि जुलाईमा रिपब्लिकन पार्टीको अधिवेशनमा राष्ट्रपति पदका उम्मेदवारको नाम आधिकारिक रूपमा घोषणा गरिनेछ। अमेरिकामा दुई प्रमुख दलहरू डेमोक्रेट र रिपब्लिकन हुन्। राष्ट्रपतिको निर्वाचनअघि देशका प्रत्येक प्रदेशमा पार्टी उम्मेदवार छनोट गर्न दुवै दलले अन्तरदलीय मतदान गर्छन्, जसलाई ककस भनिन्छ।

सबै प्रदेशमा मतदान भएपछि दुवै दलको राष्ट्रिय अधिवेशनमा मतदानमा विजयी उम्मेदवारलाई पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved