खजुरामा बस्यो आकास्मीक बैठक

  • चैत १३, २०७६
  • कालापानी मिडिया
alt

भिम पौडेल, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले सन्चालनमा ल्याएको वडा नम्बर १ मैटहवा माविको क्वारेन्टाइनमा अनुसन्धानको लागी चार जनालाई राखिएको छ ।

क्वारेन्टाइनमा मानिसहरुलाई राख्न थालेपछि त्यसलाई व्यवस्थित गर्न तथा कोरोना विरुद्धको अभियानलाई अझ ससक्त पार्न खजुरा गाउँपालिका कार्यपालिकाको आकस्मीक बैठक बसेको छ । बैठकले क्वारेन्टाइन चुस्त दुरुस्त सन्चालन गर्नका लागी स्वास्थकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुलाई जिम्मेवारी दिइएको छ ।

क्वारेन्टाइनमा आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन देखी विरामीहरुको सुरक्षालाई विषेश ख्याल गर्न समेत बैठकले सम्बद्धहरुलाई निर्देशन दिएको छ । खजुरा गाउँपालिका वडा नम्बर ६ मा अपाङ्गता रहेकाहरुलाइृ साझ विहान खानको लागी वडा कार्यालयले व्यवस्थापन गर्ने गरि निर्णय गरिएको छ ।

बैठकमा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले विपतको बेला जनप्रतिनिधिहरुले जनताको जिउधनको सुरक्षाको लागी खुलेर लाग्न र समन्वयकारी भुमिका निर्वाह गर्न निर्देशन दिए । कक्षपतिले सरकारले घोषणा गरेको लकडाउनलाई सबै जनताले पुर्ण पालना गर्न आग्रह समेत गरेका थिए ।

बैठकमा उप प्रमुख एकमाया विक, प्रमुख प्रसासकिय अधिकृत बम बहादुर केसी, राजनितिक सल्लाहकार भिम वली, विभिन्न राजनितिकदलका प्रतिनिधि, स्वास्थ शाखाका प्रमुख पुर्ण खड्का, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख पोषणराज थपलियाले हाल सम्म भए गरेका प्रगतिको जानकारी गराएका थिए ।

बैठकले क्वारेन्टाइनमा आवश्यक सुरक्षाकर्मि माग गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved