झापा । राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले बिरामीले अस्पताल चहार्दै हिडनु पर्ने र अकालमा ज्यान गुमाउन पर्ने अवस्था आएको बताएका छन् ।
महामन्त्री लिङदेनले सामाजीक संजाल फेसबुक वालमा बिरामीले अस्पताल चहार्दै हिड्नु परेकाले अकालमै ज्यान गुमाउनु परेको कुरा उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, कोरोनाविरूद्ध सिङ्गो देश जुधिरहेको बेला अधिकांश अस्पतालहरूले यो वा त्यो बहानामा दीर्घ रोगी र नयाँ बिरामीहरूको भर्ना नलिएका कारण बिरामीले अस्पताल चहार्दै हिंडनु पर्ने र अकालमा ज्यान गुमाउनु पर्ने अवस्था देखियो । सरकारको यसतर्फ पनि ध्यान पुगोस् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved