हेटौंडाको भुटनदेवीमा राजा ज्ञानेन्द्रद्धारा पूजाअर्चना, समर्थकको थेगिनसक्नु भिड

  • माघ ७, २०८०
  • कालापानी मिडिया
alt

हेटौडा । राज्ञा ज्ञानेन्द्र शाहले बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर र हेटौंडा– १३ पदमपोखरीमा रहेको ज्याङ्छुपलिङ पोताला गुम्बामा पुजाअर्चना गर्नुभएको छ । उहाँले दिउँसो १ बजे चुरियामाई मन्दिरमा हिन्दु परम्परा अनुसार र दिउँसो २ः४५ बजे ज्याङ्छुपलिङ पोताला गुम्बामा बौद्ध परम्परा अनुसार पुजाअर्चना गर्नुभएको हो ।

त्यसपछि उहाँ हेटौंडा १०-मा अवस्थित भुटनदेवी मन्दिरको दर्शन गर्न पुग्नुभएको थियो । राजासँगै रानी कोमल राज्यलक्ष्मी शाह र राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले पनि उक्त धार्मिकस्थलको दर्शन गरी पुजाअर्चना गर्नुभएको हो ।

राजा शाहले मठमन्दिरको दर्शन पछि आजै हेटौंडा- ५ मा रहेको हेटौंडा रिर्सोटमा स्थानीय तथा राष्ट्रवादीहरुसंग विशेष भेटघाट गर्नुभएको छ । उहाँको स्वागतमा समर्थक तथा शुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्‍याली निकालिका थिए ।

राप्रपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, राप्रपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु, उद्योगपति तथा व्यापारी एवम् हजारौँको संख्यामा रहेका सर्वसाधारणहरुले राजा रानीको स्वागत गरेका हुन्।

राजाको स्वागतका लागि पुगेका राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरुले नेपालको झण्डा बोकेका थिए । स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो थियो । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved