बलात्कार मुद्दाका फरार आरोपीलाई कतारबाट नेपाल ल्याइयो

  • माघ ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । बलात्कार मुद्दाका फरार व्यक्तिलाई इन्टपोलको सहयोगमा कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ।

सुनसरी बराहक्षेत्र नगरपालिका ११ मधुवनका २५ वर्षाय सेहमान खाँलाई एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी आज नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी भीमप्रसाद ढकालले जानकारी दिए। जबरजस्ती करणी मुद्दामा फरार रहेका खाँलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो।

यो सँगै यस वर्ष इन्टरपोलबाट रेड नोटिस जारी भइ पक्राउ पर्ने अभियुक्तको संख्या १० जना पुगेको छ। यसअघि नेपाल प्रहरीले बलात्कार मुद्दाका ३, हत्याका आरोपी १, ठगीका ३ र साइबर अपराधका दुई अभियुक्तलाई विभिन्न देशबाट पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाहीका लागि नेपाल फिर्ता ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved