प्रहरी दोषी होइन उसले माथिको आदेश मान्नुपर्छ - राजनीतिक विश्लेषक प्रकाश रायमाझी

  • माघ १२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राजनितीक बिश्लेषक प्रकाश राईमाझिले जहाँ जहिलेपजी प्रहरीलाई मात्रै दोषी ठान्न नहुने बताएक छन ।  सामाजिक संजालमा आफ्नो अभिव्यक्ति लेख्दै उनले शान्ति

सुरक्षालागि खटिएका प्रहरीले आफू खुसी नभएर मन्त्रीको आदेश मान्ने भएकाले उनिहरुलाई दोशी मान्न नहुने बतएका हुन । उनले भनेका छन, "शान्ति सुरक्षाका लागि अहोरात्र खटिनुपर्ने प्रहरीहरू माथि अनेकौं लान्छना लाग्ने गर्छन्",।

प्रहरीहरूको मेहनत पसिना र इमान्दारिता माथि नै सँधै शङ्काको घेरामा राख्ने प्रयत्न कतिको उपयुक्त हुन्छ ? मन्त्रीको निर्देशनमा गोली चल्छ प्रहरी दोषी, अध्यागमनमा कर्मचारीहरूको मनोमानीलाई नियन्त्रण गर्न खोज्छ प्रहरी नै दोषी। कुनै किसिमको घटना घट्यो भने सुरक्षाकर्मीमाथि आक्षप लगाउने यो परिपाटीले प्रहरीहरूको मनोबल टुट्यो भने के हुन्छ ?

सरुवा बढुवादेखि हरेक काममा राजनीतिक हस्तक्षेपबाट अक्रान्त बनाइएको प्रहरी संगठनलाई जनताले स्याबास दिनेगरी काम गर्न पर्ने परिस्थितिमा हामी साथ दिनेछौँ। प्रहरीहरूको दुःख कष्टलाई नजिकबाट हामीले देखिरहेका छौं। सर्वसाधारण परिवारले रोजगारी पाएको संगठनलाई अनावश्यक आक्षेप र विवादभन्दा थप मर्यादित र जिम्मेवार बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ। प्रहरी संगठनलाई लान्छना लगाउने भन्दा सुधार गर्नेतर्फ सरकारको ध्यान जानुपर्दछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved