पिएम कप क्रिकेट प्रतियोगिताको उपाधि लागि नेपाल पुलिस र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा

  • माघ २०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । विभागीय दुई टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लागि शनिबार प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पुलिस र आर्मी भिड्न लागेका हुन्। पुलिस लगातार नौ खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। यद्यपि ऊ दुई खेलअघि नै अन्तिम दुईमा पुगेको थियो। पुलिस सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

आर्मीले नौमध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो स्थानमा रह्यो। पुलिस र आर्मीले तेस्रोपटक च्याम्पियन हुने लक्ष्य राखेका छन् ।

आर्मी तीनपटक उपविजेता बनेको छ। उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजबाट स्वस्थानी व्रत ...

काठमाडौं । आजबाट स्वस्तानी व्रतकथा सुरु भएको छ ।वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवताला ...

हेर्नुस २०८१ साल पुस ...

काठमाडौं । आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार सन् २०२५ जनवरी १३ तारिख। पुस शुक्ल पक्षको पूर्णिमा ...

पृथ्वीनारायण शाहकै क ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved