काठमाडौं । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी सुप्रसिद्ध गायिका मेनुका पौडेल लाई हल्दिबारी गाउँपालिकामा नगद ४५ हजार सहित कदरपत्रले सम्मान् गरिएको छ ।
हल्दिबारी वडा नं ४ कि स्थायी बासिन्दा मेनुका आइतबारको एपिसोडबाट बाहिरिएकी थिइन्।
सम्मान कार्यक्रममा बोल्दै उनले इण्डियन आइडलको यात्रा टुंगिए पनि जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको बताइन ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ५ वटै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उनलाई सम्मान गरेका थिए।
सम्मान पछि मेनुकाले आफ्नो ठाउँमा पाएको सम्मानले खुसी भएको बताइन।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved