आज २०८० साल माघ २५ गते बिहीबारको राशिफल

  • माघ २५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २५ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी ८ तारिख। मकरका चन्द्रमा ११ औं अशंमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : समय राम्रो छ। आर्थिक क्षेत्रमा अपेक्षा अनुसार फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। आफन्तको साथ र सहयोग मिल्नेछ।

वृष : दैनिकी राम्रो छ। सञ्चित धन सही ठाउँमा खर्च हुनेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दैनिकी सामान्य छ। मनमा नराम्रो सोच आउन सक्छ। काम गर्नु अगाडि आफूभन्दा ठुला मानिससँग परामर्श गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहन्छ।

कर्कट : दिन सामान्य राम्रो छ। लगानीको क्षेत्र भने सबल रहेको छ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। झुटो आरोप लाग्नसक्छ। आफन्तको आलोचना सुन्नुपर्ने हुनसक्छ। वर र पिपलको दर्शन मात्र गरेमा काम बन्नेछ।

सिंह : दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्न सक्छ। स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नु आवश्यक छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बढी विश्वास गर्नाले परिवारबाट धोखा हुनसक्छ।

कन्या : दिन राम्रो छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिएको छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो छ। परिवारको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षाको लगानीबाट फाइदा नहुने योग छ। प्रतिस्पर्धीबाट उम्कने सम्भावना धेरै छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : समय राम्रो छ। बन्धुबाट साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखापर्ने छन्। शिक्षामा असफलता आइलाग्न सक्छ। सामाजिक क्षेत्रमा हात नलगाएको राम्रो हुन्छ। वैदेशिक क्षेत्रको श्रम लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। लगानीका क्षेत्रबाट उपलब्धि हात पर्नेछ। स्वास्थ्य लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र वैदेशिक क्षेत्रमा सफलता हात लाग्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : बोलीको प्रभावले काम बन्नेछ। आजको दिन ठुलो व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। हनुमानको चिन्तन गरेमा धेरै समस्याको समाधान हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

कुम्भ : दैनिकी सामान्य छ। बोल्दा ख्याल गर्नु आवश्यक छ। बोलीमा शनिदेवको कुप्रभाव रहेको छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्य राम्रो हुनेछ वैदेशिक लगानीबाट फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शत्रुको नाश हुनेछ। हरेक काममा परिवारको साथ र सहयोग रहनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved