आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल

  • माघ २६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २६ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी ९ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा लाभ प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृष : दैनिकी राम्रो छ। लगानीबाट फाइदा हुनेछ। समाजले सम्मान गर्नेछ। रोजगारीमा प्रवेशको सम्भावना छ। धर्म छोडेमा पीडा भोग्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ।

मिथुन : चुपचाप काम गर्नुपर्ने समय आएको छ। आर्थिक क्षेत्र सबल छ। सामाजिक क्षेत्रमा झन्झट सुन्नुपर्ने हुनसक्छ। परिवारमा विश्वास गरेकाले नै शंका गर्ने जोखिम छ ।

कर्कट : दिन सामान्य छ। झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। यात्रामा जोखिम रहेकाले गति नियन्त्रण आवश्यक छ। हनुमानको चिन्तन गर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। रोजगारीमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको मेहनतको प्रतिफल प्राप्त हुनेछ। परिवारमा भने विश्वासको अभाव देखिन्छ। दाजुभाइ र दिदीबहिनीले साथ दिनेछन्।

कन्या : दिन राम्रो छ। सामाजिक र आर्थिक क्षेत्रमा लाभ हुनेछ। गुरुबाट भने सहयोग नमिल्न सक्छ। धार्मिक क्षेत्रमा ध्यान जाने देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दैनिकी राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीमा घाटा हुनाले स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा लगानी अनावश्यक हुनसक्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। रोग, त्रास र भयले सताउने देखिन्छ। दुर्गा माताको दर्शन गरेमा काम सफल बन्नेछ। यात्रामा जोखिम हुने भएकाले सवारी साधन तीव्र गतिमा नचलाउनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

धनु : दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। ठुला उद्योगको सुरुवात गर्ने दिन आएको छ। तपाईंको लगानीले प्रतिस्पर्धी शान्त हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

मकर : समय राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्रमा कुरा काट्नेहरु सक्रिय छन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : समय सामान्य छ। आफ्नो निन्दा आफैले सुन्नुपर्ने छ। तपाईंले गाई र चरालाई दाना प्रदान गर्नु राम्रो हुन्छ। शिव भजन सुन्नुभयो भने दिन राम्रो हुनेछ। परिवारसँगको सम्बन्धले दिन रमाइलो बन्नेछ।

मीन : दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved