पूर्वप्रधानमन्त्री चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिदै

  • माघ २६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ।

सुदूरपश्चिममा जन्मेर नेपाली राजनीति र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै आगामी ३ फागुनमा चन्दलाई अभिनन्दन गर्न लागिएको हो। अभिनन्दनको तयारीका लागि समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा दुई सय ५१ सदस्यीय नागरिक अभिनन्दन समारोह समिति गठन गरिएको छ।

चन्दलाई धनगढीको पार्कमोडदेखि चटकपुरसम्म परम्परागत झाँकीसहित रथारोहण गराएर चटकपुरस्थित सौराई पार्टी प्यालेसमा अभिनन्दन गरिने समितिले जनाएको छ। समारोह समितिका संयोजक भट्टले राजनीति, साहित्य र प्राज्ञिक क्षेत्रमा पूर्वप्रधानमन्त्री चन्दले पुर्‍याएको उच्च योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको बताए।

अभिनन्दनले नयाँ पुस्तालाई अग्रजले गरेको योगदानबारे जानकारी गराई देशको सेवा र साहित्यप्रति अभिप्रेरित गराउने भट्टले बताए। ‘यसै क्षेत्रमा जन्मिएर चारपटक देशको प्रधानमन्त्री बन्नुभएका सालिन, भद्र र निष्कलंक राजनेताको छवि बनाउनुभएको छ।

उहाँ नेपाली साहित्यको मुर्धन्य साहित्यकार हो,’ अभिनन्दनबारे जानकारी दिन धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टले भने, ‘उहाँको ८४ औँ वसन्तपूजनको स्वर्णीम अवसर पारेर अभिनन्दन गर्न लागेका हौँ।’ सुदूरपश्चिमको बैतडी जिल्लामा जन्मिएका चन्द चारपटक देशको प्रधानमन्त्री बनेका थिए।

मदन पुरस्कार विजेता चन्दका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved