आज २०८० साल माघ २७ गते शनिबारको राशिफल

  • माघ २७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २७ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी १० तारिख। आज तामाङ ल्होसार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।  

मेष : दिन राम्रो छ। आफ्नो बाटो बनाउनुपर्नेछ। अरुसँग अपेक्षा गर्नु गलत हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। यात्रामा खर्च हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। नसोचेको ठाउँबाट राम्रो लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। परिवारको साथ र सहयोग रहनेछ।

मिथुन : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा राम्रो फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ।

कर्कट : दिन सामान्य छ। व्यवस्थापन गर्न नजान्दा विवादको सामना गर्नुपर्ने छ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। रोगले सताउने योग छ। यात्रामा जोखिम रहेकाले सचेत हुनु राम्रो हुन्छ। पुराना साथीसँग भेट हुने योग छ। परिवारबाट सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग निको हुँदै जानेछ। गुरुबाट असहयोग रहे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

तुला : दैनिकी राम्रो छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो फाइदा हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : समय सामान्य राम्रो छ। आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप हुनसक्छ। कुरा काट्नेहरु सक्रिय छन्। शिक्षाको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल बन्नेछ।

धनु : दिन राम्रो छ। व्यापारबाट फाइदा हुनेछ। नयाँ ठाउँको या त्रा रमाइलो बन्नेछ। शिक्षामा अगाडि बढ्ने उत्साह मिल्नेछ। परिवारको साथ राम्रो छ। रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्छ।

मकर : दैनिकी सामान्य राम्रो छ। बोलीको जालमा पर्ने जोखिम भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्र भने विवादित रहेको छ। तपाईंको काममा परिवार सकारात्मक छ।

कुम्भ : दैनिकी सामान्य राम्रो छ। झुटा आरोप लाग्नसक्ने देखिन्छ। शनिदेवको छाया रहेकाले वर र पिपलको दर्शन गरेमा सबै काम सफल हुनेछ। परिवारमा खटपट हुनसक्छ। प्रेम सम्बन्धलाई संयमित भएर अगाडि बढाउनुपर्छ।

मीन : दिन राम्रो छ। माया मारेको धन प्राप्त हुनसक्छ। स्वदेशमै लगानीको सम्भावना देखिन्छ। परिवारबाट निरन्तर सहयोग हुनेछ। स्वास्थ्य र शिक्षामा राम्रो सफलता मिल्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved