आज २०८० साल माघ २९ गते सोमबारको राशिफल

  • माघ २९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २९ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी १२ तारिख। कुम्भका चन्द्रमा। देवघाटमा मकर स्नान समाप्ति आजै परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : दिन राम्रो छ। परिवारबाट सहयोग मिल्नेछ। शिक्षा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक क्षेत्रमा नाम रहनेछ। विदेशमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

वृष : समय राम्रो छ। बौद्धिक मित्रसँगको भेटले ज्ञान प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा देखिएको सम्भावनालाई अगाडि बढाएमा रोजगारी मिल्नेछ।

मिथुन : परिवारबाट सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले दिन रमाइलो बन्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवाले हरेक काममा साथ दिने देखिन्छ।

कर्कट : समय सामान्य छ। हरेक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। ऋणको भार थपिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। आफन्तले सहयोग गर्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीले नाम र दाम दुवै उपलब्ध हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। साथीको सहयोगमा सोचेको काम बन्नेछ।

कन्या : परिवारबाट सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासले राम्रो नतिजा दिनेछ।

तुला : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अचानक पुरानो रोगले सताउने जोखिम छ। आफन्त र परिवारले साथ दिनेछन्। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो लाभ हुनेछ।

वृश्चिक : समय सामान्य छ। आफ्नाबाट अपमानित भएको सुन्नुपर्ने हुनसक्छ। शिक्षाबाट फाइदा हुनेछ। स्वास्थ्य अवस्थामा कुनै जोखिम छैन। सामाजिक क्षेत्रमा हात अगाडि नबढाउनु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गर्ने उपयुक्त समय होइन।

धनु : दिन सामान्य राम्रो छ। आँखा र मस्तिष्क सम्बन्धी समस्या देखिन सक्छ। बिहान सूर्यलाई जल चढाएमा समस्या कम हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। विदेशमा हुनुहुन्छ भने लाभ हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मकर : समय सामान्य छ। आफ्नै कारण हरेक ठाउँमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। बन्धुबाट सकारात्मक सुझाव प्राप्त हुनसक्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ।

कुम्भ : शनिदेवलाई खुसी पार्नुपर्ने देखिन्छ। हुनमानको पूजा गर्नु फाइदाजनक हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। परिवार र साथीभाइको सहयोग मिल्नेछ। समाजमा प्रशंसा हुनेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved