काठमाडौं । नायिका तथा राप्रपा नेत्री रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।
रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन् । फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ’हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’
रेखा गत मंसिरमा सन्तालाई अमेरिकामा जन्म दिने योजनाअनुसार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved