इजरायल र हमासबीच वार्ता गराउने कतार र इजिप्टको तयारी

  • फागुन १४, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । इजरायली घेराबन्दी र बमबारीको चपेटामा रहेको गाजापट्टीमा युद्धविराम गर्ने विषयमा कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी भएको छ।

हालै भएको पेरिस बैठकका विषयलाई निरन्तरता दिँदै दोहा र कायरो छलफल इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र इजरायलका विशेषज्ञहरूको सहभागितामा वार्ताको तयारी गरेका हुन्। वार्तामा हमास आन्दोलनको एक प्रतिनिधिमण्डल पनि सहभागी हुने इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै अल काहेरा समाचारले जनाएको छ।

दोहा र कायरोमा भएको वार्ताले प्यालेस्टिनी कैदी र इजरायली बन्धकआदानप्रदानका साथै गाजामा युद्धविराम गर्ने सहमति निकट पुग्ने बताइएको छ। हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा घातक आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण तीव्र पारेको छ।

आक्रमणमा करिब १ हजार २०० इजरायलीहरू मारिएका छन् भने २०० जनाभन्दा बढीलाई बन्धक बनाइएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार त्यसयता इजरायली सेनाले गरेको आक्रमणमा २९ हजार ६९२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ८७९ जना घाइते भएका छन्।

इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरायल र हमासबीच एक हप्ता लामो युद्धविराम मध्यस्थता गरेको थियो। युद्धविराममा प्यालेस्टिनी कैदी र इजरायली बन्धक आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved