आज २०८० साल फागुन १५ गते मंगलबारको राशिफल

  • फाल्गुन १५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । आज २०८० साल फागुन १५ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी २७ तारिख । कृष्ण पक्षको तृतीया तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : समय राम्रो छ । कर्मको मर्यादामा गरेको कामबाट सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ रहनेछ । तपाईंले परोपकार गर्नुपर्नेछ ।

वृष : दिन राम्रो छ । लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ । भूमि सम्बन्धी काममा फाइदा हुनेछ । शिक्षामा सम्मान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

मिथुन : दिन सामान्य छ । चन्द्रमा छायामा परेका छन् । आजको दिन ठूलाठूला काममा हात लगाउनु ठिक हुँदैन । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पारिवारिक साथ र सहयोग रहने छ ।

कर्कट : दिन राम्रो छ । स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ । रोगको प्रकोप बढ्ने देखिन्छ । खानपानको ख्याल गर्नुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

सिंह : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुनसक्छ । गुरुले सहयोग नगर्ने दिन छ । परिवारमा खटपटी हुने जोखिम छ ।

कन्या : दिन राम्रो छ । शिक्षाबाट उत्साह बढ्नेछ । स्वदेशी लगानीमा सफलता मिल्नेछ । पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । मनमा उत्साह लिनुपर्नेछ ।

तुला : दिन राम्रो छ । आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो । खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । अन्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ । परिवार र समाजले प्रशंसा गर्नेछन् ।

वृश्चिक : दिन सामान्य छ । अरुको समस्या नबुझ्दा आलोचित हुनुपर्ने देखिन्छ । सामाजिक र आर्थिक काम विवादित रहने छन् । नित्यकर्म समान ढंगले चल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । लगानी गरेका क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक सेवा गर्ने अवसर आएको छ । मित्रबाट सहयोग मिल्नेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : आजको दिन सामान्य राम्रो छ । बोलीको प्रभावले हरेक काम बन्नेछन् । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ । साथीबाटै असहयोग भए पनि परिवारबाट साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ ।

 

कुम्भ : दिन राम्रो छ । गुमेको सम्पत्ति प्राप्त हुनेछ । मित्रले सहयोग गर्नेछन् । लगानीको क्षेत्रबाट फाइदा हुनेछ । परिवारबाट भने असहयोग हुने खतरा छ । व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

मीन : दिन सामान्य राम्रो छ । शनिदेवको प्रभावले आम्दानी भन्दा खर्च बढ्नेछ । लगानी गरेको क्षेत्रमा उथलपुथल आउन सक्छ । समाजबाट तिरस्कार भोग्नुपर्ने देखिन्छ । दिन राम्रो नभएकाले सचेत भएर काम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved