देउवानिवासमा ठाकुर, राउत र चौधरी, वैकल्पिक गठबन्धनको प्रयास जारी

  • फागुन २३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले वैकल्पिक गठबन्धन निर्माणको प्रयासलाई निरन्तरता दिँदै मधेशकेन्द्रित तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

देउवानिवास बुढानीलकण्ठमा भएको छलफलमा लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता सहभागी छन् । लोसप अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग देउवाले छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला पनि सहभागी छन् । छलफल समावेशी लोकतान्त्रिक शक्ति बनाउने विषयमा केन्द्रित रहेको कांग्रेस नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपा, जसपालगायतका दललाई समेटी नयाँ गठबन्धन निर्माण गरेपछि कांग्रेस सभापति देउवा पनि वैकल्पिक गठबन्धनको प्रयासमा छन् ।

उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत आर्जन गर्न नसक्ने भएकाले अर्को गठबन्धन बनाउनु पर्ने प्रस्ताव गरिरहेको नेताहरूले बताएका छन् ।

साभार- नयाँ पत्रीका 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved