विगतमा हामीलाई सत्तामुखी बनाउन उक्साउने प्रवृत्ति अहिले पनि राष्ट्रवादीहरुलाई एक हुन नदिन लागिपरेका छन्- कमल थापा

  • फागुन २९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्पूर्ण राष्ट्रवादीहरुको साझा पार्टी राप्रपा नेपाल भएको भन्दै २०६३ को परिवर्तन पछि संघीय,धर्मनिरपेक्ष गणतन्त्र नेपालको निम्ति उपयुक्त हुँदैन भन्ने मान्यताका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना तथा संघीयताको खारेजीलाई मुख्य एजेन्डा बनाएर राप्रपा नेपाल स्थापना भएको स्मरण गरेका छन् ।

जनताको विश्वासबाट २०७० सालको चुनावमा राप्रपा नेपाल देशको चौथो ठूलो शक्ति बनेको भन्दै थापाले २०७३ पछि पार्टी ठूलो बनाउने नाउँमा गलत प्रवृत्तिसँग सम्झौता गर्दा हामीले बाटो बिराएको समेत स्विकार गरेका छन् ।

सिद्धान्तनिष्ठ र जुझारु दलको पहिचान बनाएको राप्रपा नेपाल सत्तामुखी र जुनसुकै सरकारमा जाने अवसरवादीमा परिणत भएकोमा दुख ब्यक्त गर्दै थापाले पार्टी अध्यक्षको नाताले ती गल्तीहरुको नैतिक जिम्मेवारी आफुको भएको समेत बताएका छन्। "ती सबै गल्तिहरु सच्याएर अघिबढ्न खोज्दा हामी नै बिस्थापित भयौँ।राष्ट्रवादी शक्ति छिन्नभिन्न भयो।" थापाले भने ।

अहिले संघीय धर्मनिरपेक्ष गणतन्त्रप्रति जनतामा वितृष्णा बढिरहेको बेला हामी भने विभाजित भएको भन्दै उनले अहिले संघीय,धर्मनिरपेक्ष गणतन्त्र असफल भएको , जनता विकल्पको खोजीमा रहेको चर्चा गर्दै थापाले जनता हिन्दुराष्ट्र र राजसंस्था स्थापना होस्,संघीयता खारेज होस्,भष्ट्रचारीलाई कारवाही होस् भन्ने चाहिरहेको बताउदै थापाले यदी सम्पूर्ण राष्ट्रवादीहरु एकजुट हुने हो भने केही महिनाभित्रै हिन्दुराष्ट्र र राजसंस्था स्थापना हुने सनेत दाबी गरे ।

विगतमा हामीलाई सत्तामुखी बनाउन उक्साउने प्रवृत्ति अहिले पनि राष्ट्रवादीहरुलाई एक हुन नदिन लागिपरेका भन्दै थापाले ती शक्तिहरु एक्लाएक्लै आन्दोलन गर्ने नाउँमा भ्रष्ट व्यवस्थालाई घुमाउरो पाराले सघाईरहेका समेत आरोप लगाएका छन् ।

थापाले आज सामाजिक सन्जालमा लामो टिप्पणी लेख्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको अभियानमा एकजुट हुन राष्ट्रवादीहरुमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved