इरानले रुसलाई ब्यालेस्टिक मिसाइल दिए नयाँ प्रतिबन्ध लगाउने जी-७ को चेतावनी

  • चैत ३, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । जी-७ ले युक्रेनमा प्रयोग गर्न रुसलाई ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरे इरानमाथि ‘महत्त्वपूर्ण’ प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

‘युक्रेनविरुद्ध रुसलाई गैरकानूनी र अनुचित आक्रामक युद्ध सामग्री सहयोग प्रदान गर्न तुरुन्त बन्द गर्न वा गम्भीर मूल्य चुकाउन तेस्रो पक्षहरूलाई हाम्रो आह्वान दोहोर्‍याउँछौँ’, समूहले विज्ञप्तिमा भनेको छ, ‘रुसलाई ब्यालेस्टिक मिसाइल वा सम्बन्धित प्रविधि प्रदान गर्न इरान अगाडि बढेको खण्डमा हामी इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण उपायसहित द्रुत र समन्वितरूपमा जवाफ दिन तयार छौँ।’

समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानाडा छन् । अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले इरानले रुसलाई ब्यालेस्टिक मिसाइल बिक्री गर्ने निर्णय गरे त्यसको मूल्य लाभभन्दा अत्यधिक हुने बताए।

‘हस्तान्तरण भएको छैन तर हस्तान्तरण हुनसक्ने वास्तविक खतरा छ’, उनले भने। मस्कोको सेनाले मुलुकमा पूर्णस्तरको आक्रमणको दोस्रो वार्षिकोत्सव मनाएका बेला जी-७ ले जारी गरेको एक विज्ञप्तिमा युक्रेनमा रुसको युद्धका लागि चीन र इरानको समर्थनको निन्दा गरेको थियो।

समूहले इरानसँग रुसी सेनालाई सहयोग बन्द गर्न आह्वान गर्दै चिनिया व्यवसायले हतियारका घटक र सैन्य उपकरण मस्कोमा हस्तान्तरण गरेकामा चिन्ता व्यक्त गरेको छ। किएभलाई सैन्य सहयोगका लागि अमेरिकी कांग्रेसमा थप रकम रोकिएपछि युक्रेनी सेनाले हतियार अभावको सामना गर्नुपरेको छ।

मस्कोले युक्रेनमा प्रयोग गर्नका लागि हतियार प्राप्त गर्न तेहरानका साथै प्योङयाङतिर पनि दृष्टि दिएको छ। रुसले समेत आफ्नो घरेलु हतियारको उत्पादनलाई व्यापकरूपमा बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved