युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

  • बैशाख २६, २०८१
  • कालापानी मिडिया
alt

मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश छ । मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हािसल गरेको छ । किएभले पश्चिमी सहयोगको महत्त्वपस्र्ण आपूर्तिको प्रतीक्षा गरिरहेको बेला रुसले युद्धमैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको छ ।

रुसी रक्षा मन्त्रालयले उसको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ । किस्लिभ्का सङ्कटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो ।

युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित छन् । युक्रेनका कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ तीन वटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको स्वीकार गरेका थिए ।

अलगरूपमा रुसी रक्षा मन्त्रालयले किएभले रातभर हवाई आक्रमण गरेपछि युक्रेनी ऊर्जा र सैन्य केन्द्रविरुद्ध जवाफी आक्रमण सुरु गरेको बताएको छ । “रुसी ऊर्जा सुविधाहरूमा क्षति पुर्याउन किएभ शासनको प्रयासको जवाफमा आज बिहान रुसी सङ्घको सशस्त्र सेनाले युक्रेनको सैन्य–औद्योगिक परिसरको ऊर्जा सुविधा तथा उद्यमहरूविरुद्ध सामूहिक आक्रमण सुरु गरेको छ”, मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved