चिनीया विशेषताको आधुनिकीकरण, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम

  • जेठ २९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ र विश्वसनीय हुँदै गएको छ । चीनतर्फका व्यापारिक नाका खुल्नु र दुवै देशकातर्फबाट नागरिकस्तरमै एक अर्काको देशमा भ्रमण हुनुले राजनीतिक, आर्थिक मात्र होइन सामाजिक सम्बन्धसमेत घनिष्ट हुँदै गएको छ ।

काठमाडौंमा आयोजित ‘चिनीयाँ विशेषताको आधुनिकीकरण’ विषयका छलफल कार्यक्रममा चीन मामिला विज्ञ एवम परराष्ट्रविद् हिरण्ड्यलाल श्रेष्ठले नेपाल चीनको सम्बन्धबारे हालसम्मका सन्दर्भको चर्चा गरे । उनले आधुनिकीकरणको चिनियाँ अभ्यासको समेत समीक्षा गरे । दुवै देश एक अर्काको अस्तित्वको सम्मान गर्दै अघि बढिरहेकाले नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण हुने उनले बताए ।

चिनिया कम्यूनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा फेन्ड्स अन क्लाउड पल्टफर्म अफ इन्फ्लुइन्स नेपालले गरेको कार्यक्रममा नेपालीहरुको आँखामा चिनिया आधुनिकीकरण अभ्यास बिषय सम्बन्धि ‘यात्रा अनुभूति संगालो’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

आइडी सीपीसीको निमन्त्रणामा नेपाली कलाकार पत्रकार तथा व्यवसायीहरुको टोलीले हालै चीन यात्रा अवधि भरमा देखेका सुनेका,भोगेका यात्रा सस्मरणलाई उत्त पुस्तकमा समेटिएको छ । ‘फेन्ड्स अन क्लाउड पल्टफर्म अफ इन्फ्लुइन्स नेपाल’ का अध्यक्ष सोभित उप्रेतीले भ्रमणले दुई देशबीच जनस्तरमा सम्बन्ध गाँसिदै जाने र यसले एक अर्काको भौगलिक र सामाजिक अवस्था बुझ्न मद्दत गर्ने धारणा राखे ।

पुस्तकमा जनवादी गणतन्त्र चीनको सुदूर पश्चिम दक्षिणको कमविकसित स्वशासित प्रान्त .र राष्ट्रपति सीचिनफिङको अवधारणा र योजना वमोजिम भएको सन्तुलित विकासबारेका अनुभूति समेटिएका छन । सीपीसीको पङ्तीले पर्यावरण, संकृति र धर्मलाई समेत केन्द्रविन्दुमा राखेर हासिल गरेको तीव्र भौतिक विकास विश्वका लागि लोभलाग्दो रहेको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, पत्रकार जीवराम भण्डारी, राजेश चाम्लिङ राई, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपाल–चीन सम्बन्ध र आफनो अनुभवबारे जानकारी गराएका थिए ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पनि विगतको आफनो चीन भ्रमणको स्मरणलाई बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved