हेर्नुस २०८१ साल जेठ ३० गते बुधबारको राशिफल

  • जेठ ३०, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल जेठ ३० गते बुधबार तदनुसार सन् २०२४ जुन १२ तारिख। जेठ शुक्ल पक्षको षष्ठी तिथि। कुमार षष्ठी व्रत। विश्व बालश्रमविरुद्धको दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : मनोरञ्जनपूर्ण समय छ। तपाईंको लगानी भए शेयरमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा परोपकारको अवसर मिल्नेछ। आफू अनुकुल साथी हुँदा दिन रमाइलो ढंगले बित्ने योग छ।

वृष : नयाँ यात्रा गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। धेरै समय अरुलाई दिँदा घरमा विवाद हुने जोखिम देखिन्छ। अप्रिय खबर सुन्नुपर्ने बाध्यतासमेत बन्नेछ।

मिथुन : समय रमाइलो छ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। स्वदेशमा अवसर प्राप्त हुनेछ। तपाईंको कामले धेरै मानिस प्रभावित हुनेछन्।

कर्कट : धन कमाउने योग छ। व्यापारमा लगानी गरेको भए राम्रो उन्नति हुनेछ। आफन्तको माया प्राप्त हुनेछ। विदेशमा गरेको लगानीले विवाद हुनेछ। मनमा उब्लिने शंका र उपशंकाले निर्णय क्षमता कमजोर बन्नेछ।

सिंह : परिवारले शंका गर्ने समय छ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। बाहिर तपाईंको प्रभाव राम्रो भए पनि घरभित्र विवाद बढ्ने देखिन्छ।

कन्या : सम्मान प्राप्त हुनेछ। अतिथिको रुपमा तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन राम्रो छ। साथीको कुरा सुन्नु राम्रो हुन्छ। ठुलो वा विज्ञसँग सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ। मिठो खान पाइने छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। जिम्मेवारी नै भार हुनेछ। संघर्ष गरेर जिम्मेवारी पूरा गर्नु राम्रो हुन्छ। विज्ञसँग सल्लाह लिएर गरेको काम सफल बन्नेछ। सामाजिक सेवा गर्ने अवसर प्राप्त हुनेछ।

धनु : राम्रो सन्देश सुन्न पाइनेछ। शुभ समाचारले मन खुशी हुने दिन छ। परिवारसँगको भेट रमाइलो हुनेछ। होटल व्यवसायमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। मन अशान्त हुनेछ। आफन्तले असहयोग वा धोका दिने जोखिम देखिन्छ। तपाईंमा रहेको साढेसातीको प्रभावले जुनसुकै काम गर्दा पनि अवरोध सिर्जना गरिरहेको हुन्छ।

कुम्भ : बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। लगानी भए शिक्षाको माध्यमबाट सफलता प्राप्त हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

मीन : खानपानमा समस्या हुनेछ। मनमा तनाव भए पनि सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सक्रिय भएकाले खुशी मिल्नेछ। परोपकारको अवसर प्राप्त हुने भएकाले दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved