हेर्नुस २०८१ साल जेठ ३१ गते बिहीबारको राशिफल

  • जेठ ३१, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल जेठ ३१ गते बिहीबार तदनुसार सन् २०२४ जुन १३ तारिख। जेठ शुक्ल पक्षको सप्तमी तिथि। कुमार रथयात्रा। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : सोचेको काम बन्नेछ। तपाईंको चर्चा हुनेछ। परिवारमा सन्तुष्टि मिल्नेछ। परोपकारको अवसर प्राप्त हुनेछ। यात्राले नयाँनयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ।

वृष : प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त हुनेछ। सोचेर गरेको श्रमबाट फाइदा हुन्छ। व्यापारमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। खानपानमा ख्याल नगरेमा रोगले सताउने देखिन्छ।

मिथुन : मन खुशी हुनेछ। साथीको सहयोगले काम बन्नेछ। सहयोगीको धन्यवाद मिल्नेछ। परिवारसँगको समय महत्त्वपूर्ण हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। समाजसेवा गर्नाले मन शान्त हुनेछ।

कर्कट : परिवारमा मेलमिलाप हुन नसक्दा खटपटी बढ्नेछ। सञ्चित धन खर्च हुने योग छ। राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास भने असफल हुने देखिन्छ।

सिंह : दिन रमाइलो छ। शिक्षामा सफलता मिल्नेछ। व्यापारिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परोपकारमा मन जानेछ। परिवारसँगको घुमघामले दिन रमाइलो हुनेछ।

कन्या : परिवारसँग सल्लाह लिएर गरेको काम सफल हुनेछ। नयाँ व्यक्तिसँग भेट हुनेछ। धार्मिक कार्यमा संलग्न मात्र भएमा मन खुशी बन्नेछ। परिवारले तपाईंको कुरा बुझ्न नसक्दा घरभित्र समस्या हुनसक्ने जोखिम देखिन्छ।

तुला : प्रतिस्पर्धामा तपाईं अब्बल बन्नुहुनेछ। लगानी भए शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारको सहयोग राम्रो हुनेछ। धार्मिक कार्यमा संलग्न भएमा दिन रमाइलो बन्नेछ।

वृश्चिक : मन अशान्त हुने योग छ। लगानीमध्ये जग्गाको कारोबारबाट फाइदा हुनेछ। धेरै समस्या एकसाथ आइपुग्ने भएकाले सचेत र धैर्य हुनु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा हौसला बढ्नेछ।

धनु : विश्वास गरेका पात्रले साथ दिने दिन छ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले तपाईंलाई उत्साह थप्नेछ। अधुरो काम बन्नेछ। लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ।

मकर : सानो मानिसको सहयोग ठुलो बन्नेछ। गुरुबाट उचित सल्लाह प्राप्त नहुँदा मनमा खटपटी बढ्नेछ। वैदेशिक लगानीमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। अहिले ठुलो लगानी गर्दै नगर्नु उचित हुन्छ।

कुम्भ : मन उदास बन्नेछ। व्यवारहारमा झन्झट बढ्नेछ। आफन्तले गलत सुझाव दिने देखिन्छ। धार्मिक कार्यमा संलग्न हुँदा मन खुशी हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मन अशान्त हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। नसोचेको ठाउँमा खर्च हुनेछ। ठुला र बौद्धिक व्यक्तिको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved