२०८१ साल असार २ गते आइतबार हेर्नुस तपाईंको राशिफल

  • असार ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल असार २ गते आइतबार तदनुसार सन् २०२४ जुन १६ तारिख। जेठ शुक्ल पक्षको दशमी तिथि। गङ्गादशहरा व्रत, गोसाइकुण्ड स्नान समाप्ति, अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस रअन्तर्राष्ट्रिय बुवा दिवससमेत आजै परेका छन् । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : शेयरको कारोबारमा फाइदा हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा भन्दा व्यपारमा नाफा हुनेछ। परिवारमा तपाईंको बोली कार्यान्वयन नहुने जोखिम देखिन्छ।

वृष : दिन रमाइलो छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ। साझेदारीमा गरेको लगानीबाट झन्झट आइपर्न सक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

मिथुन : खर्च बढ्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट आम्दानी बढ्नेछ। श्रम गरेको क्षेत्रमा नाफा हुनेछ। स्वास्थ्य क्षेत्रमा खर्च बढ्ने देखिन्छ। परिवारमा भने विवाद बढ्ने देखिन्छ।

कर्कट : आफन्तले व्यवहारमा अप्ठेरो पार्ने जोखिम देखिन्छ। जग्गा र घरको कारोबारले फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीमा सफलता मिल्नेछ। परिवारमा खटपटी बढ्ने जोखिम छ। थोरै बोलेर काम मात्र गर्नु फाइदाजनक हुनेछ।

सिंह : वैदेशिक क्षेत्रको लगानीबाट काम बन्नेछ। धनलक्ष्मी योग परेकाले लगानी गर्न आँट गर्नुपर्ने दिन छ। अप्ठेरो परिस्थितिमा साथीको साथ मिल्नेछ। परिवारभित्र भने गुनासा धेरै सुन्नुपर्ने हुनसक्छ। सामाजिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : बोलीको प्रभावले राम्रो काम बन्नेछ। परोपकारी संस्था र व्यक्तिसँग सहकार्यको अवसर प्राप्त हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीले जीवनमा सफलताको बाटो बन्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ।

तुला : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा खटपटी आउनसक्छ। समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ। कामको व्यस्तताले खानपानमा समस्या हुनसक्छ। परिवारको व्यवस्थापन नहुँदा खटपटी बढ्नेछ।

वृश्चिक : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। कुरा काट्ने साथी शान्त छन्। न्यापूर्वक गरेको श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्धमा वादविवाद बढ्ने योग छ।

धनु : समय रमाइलो छ। सांगीतिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। खेल क्षेत्रमा रुचि बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ।

मकर : शिक्षा क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद हुने योग छ। गोपनीयता खोल्ने बानीले घाटा हुने देखिन्छ। परिवारलाई समय नदिँदा विवाद बढ्ने जोखिम छ।

कुम्भ : साथीभाइको झगडा देख्नुपर्ने हुनसक्छ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। मन उदास हुनसक्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। आफन्तबाट धोका हुनेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

मीन : आफन्तबाट अपमानित हुने योग छ। धेरै तर्क नगर्नु राम्रो हुनेछ। श्रमको क्षेत्रमा न्याय मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved