२०८१ साल असार ७ गते शुक्रबार हेर्नुस् तपाईंको राशिफल

  • असार ८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल असार ७ गते शुक्रबार तदनुसार सन् २०२४ जुन २१ तारिख। जेठ शुक्ल पक्षको चतुर्दशी तिथि। पूर्णिमा व्रत, विश्व योग दिवस, संगीत दिवस । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : आँखामा समस्या हुनसक्छ। सुख्खा आँखाले सूर्यको दर्शन नगर्नु राम्रो हुन्छ। व्यापारमा नाफा हुनेछ। स्वास्थ्यमा गरेको लगानी उत्साहजनक रहनेछ। शिक्षामा क्षेत्रमा काम गर्ने जाँगर बढ्नेछ। परिवारको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।

वृष : समस्याको समाधान खोज्नु आवश्यक हुन्छ। साथीले तपाईंसँग अपेक्षा गर्छन्। गुण र दोषको आधारमा सहयोग गर्नेछन्। नयाँ ठाउँको यात्राले मनमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दोहोरो कुरा गर्ने बानीले समस्या पर्नसक्छ। श्रमको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विदेशमा गरेको लगानीको सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ। ठग सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कर्कट : मन अशान्त हुँदा आफन्त सशंकित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा अपमानित भएको महसुस हुनसक्छ। ठुलो उद्योग र लगानीमा हात नलगाउनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

सिंह : समय रमाइलो छ। रोकिएको कामको अवरोध खुला हुनेछ। साथीबाट सहयोग मिल्नेछ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। आफू शान्त भए परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन्।

कन्या : नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ। प्रतिस्पर्धी कमजोर बनेका छन्। देशमा कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। आफन्तले सहयोग गर्दा दिन रमाइलोसँग बित्नेछ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

तुला : दाजुभाइको साथ र सहयोगमा काम बन्नेछ। तपाईंको लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट उत्साह थपिने छ। समाजसेवामा बढी समय दिनाले परिवारमा विवाद हुने जोखिम देखिन्छ। घरको लागि समय छुट्याउनु आवश्यक देखिन्छ।

वृश्चिक : तपाईंको लगानी र श्रमबाट अरुले अवसर लिने जोखिम रहेको छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारबाट रचनात्मक साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बोलीको प्रभावले राम्रो काममा ठुलो साथ प्राप्त हुनेछ। आफन्त भन्दा अपरिचित व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। शिक्षको क्षेत्रमा गरेको लगानीले फाइदा र उत्साह बढाउने छ।

मकर : सञ्चित धन खर्च हुने योग छ। आम्दानी भन्दा खर्च बढ्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा आफ्न्तबाट झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानीका क्षेत्र बढाउनु भन्दा पनि भएको संरक्षण गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

कुम्भ : झुटा आरोपको सामना गर्नुपर्नेछ। शान्त बन्नु उचित हुन्छ। समस्याका पछाडि नलाग्नु राम्रो हुन्छ। जन्मकुण्डली हेरे समस्याको समाधान खोज्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : समय राम्रो छ। समस्यालाई अवसर मानेर अगाडि बढ्नु राम्रो हुन्छ। जिम्मेवारी थपिदै जाने देखिन्छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अपरिचित ठाउँ र व्यक्तिले सहयोग गर्ने योग छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बडादशैँको टीका र जमर ...

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको ...

डडेल्धुरामा रात्रिबस ...

डडेल्धुरा: डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरदेखि ...

अब नयाँ दिल्लीमा आति ...

काठमाडौं । वायु प्रदूषण नियन्त्रण गर्न भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी पूर्ण प्रतिबन्धि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved