आज, भोलिमै संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौं- कानूनमन्त्री गिरी

  • असार ९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो ।

संसद भवनमा आइतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसदका कर्मचारीहरुको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिए । उनले आज भोलिमै यथोचित मागहरु वार्ताबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाए।

मन्त्री गिरीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्युको कार्यकक्षमा सम्माननीय सभामुखज्यु, सम्माननीय राष्ट्रिय सभाको अध्यक्षज्यु, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ । संघीय संसदका कर्मचारीहरुले जुन माग उठाएर सेवा सुविधानको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ । उहाँहरुको मागलाई सम्बोधन गरेर संसदलाई पनि सुचारु गरेर लैजान सन्दर्भमा मैले संयोजन गर्नेगरी संयोजन समिति बनेको छ । त्यसले आजबाट काम शुरु गर्दछ । आज भोलिमै यो विषय टुंग्याउँछौँ । माग सुन्छौँ र माग सम्बोधन गर्न के सकिन्छ छलफल गरी यथोचित सम्बोधन हुनेछ ।’

नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौडेलले संघीय संसदका कर्मचारीहरुले जायज माग उठाएर आन्दोलन गरेको भन्दै माग तत्काल सम्बोधन हुनुपर्ने बताए । उनले कर्मचारीका जायज मागहरु संसद सचिवालय र राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

यता, संसद सचिवालयका कर्मचारीहरुले भने बिरोध प्रदर्शन जारी राखेका छन् । संसद भवन परिसरमा हातमा कालो पट्टी बाँधेर र विभिन्न प्लेकार्डहरु बोकेर बिरोध प्रदर्शन गरेका हुन् । संसद सचिवालयका कर्मचारीहरुले विगत केही दिन यता अतिरिक्त समयमा गरेको कामको पारिश्रमीक पाउनुपर्ने मागसहित ११ बुँदे माग राखि बिरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भ्वन परिसरमै बिरोध जनाएका थिए । कर्मचारीहरुले संसद भवनमा धर्ना दिएसँगै ११ बजे शुरु हुने भनिएको प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved